Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

काठमाडौंको विकल्प बनेको सगरमाथा

काठमाडौंको विकल्प बनेको सगरमाथा

सिरहा । यतिखेर निजी विद्यालयहरू बजारमा च्याउ जसरी उम्रिरहेका छन् । यसरी तीव्र गतिमा पाइलैपिच्छे विद्यालयहरू खुले पनि समाजलाई यसले फाइदाभन्दा हानी गरिरहेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नभन्दा व्यवसाय गर्ने सोंचले विद्यालयहरू खुलिरहँदा यसले निजी विद्यालयप्रति पनि अविश्वास पैदा गर्दैछ ।

तर, निजी विद्यालयहरूको भीडमा केही यस्ता विद्यालयहरू पनि छन्, जो उदाहरणीय बनेर ‘ब्राण्ड’को रूपमा स्थापित छन् । यस्तै एउटा ब्राण्ड हो – मिर्चैयाको सगरमाथा उच्च माध्यमिक विद्यालय । सगरमाथा आजको दिनमा यस्तो ब्राण्ड बनेको छ कि शैक्षिक वृत्तमा नेपालमा सिरहाको नाम लिने बित्तिकै सगरमाथाको नाम आउँछ ।

शनिबार विद्यालयले स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम स्नातकका विद्यार्थीलाई औपचारिक स्वागत र हालै सम्पन्न कक्षा १२ को परीक्षा दिइसकेका विद्यार्थीको बिदाईका लागि राखिएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।

सगरमाथामा कक्षा १२ सम्म पढेका र स्नातक पढिरहेका विद्यार्थीहरू क्रमशः मञ्चमा चढेर जब मन्तव्यहरू दिए, उनीहरू जसरी कार्यक्रम सञ्चालन गरे, जसरी आफ्ना कला र प्रतिभा प्रस्तुत गरे, तब तमाम अतिथिहरूलाई दंग तुल्यायो । लाग्थ्यो – काठमाडौंको कुनै ठूलो शिक्षालयमा यो कार्यक्रम अहिले भइरहेको छ ।

एसईई उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी काठमाडौं हिँडिहाल्ने प्रवृत्तिको बीचमा कक्षा १२ का र स्नातकका विद्यार्थीको जस्तो भीड त्यहाँ देखियो, त्यसले सबैलाई एउटा फरक अनुभव दिलाइरहेको थियो । त्यो के भने गुणस्तरीय शिक्षा दिँदा यतैका विद्यालयमा पनि विद्यार्थीको भीड लाग्ने रहेछ भन्ने हो । यसले सगरमाथा कसरी काठमाडौंको विकल्प बनेको छ भन्ने कुरा दर्शाउँछ ।

कार्यक्रममा सहभागी वक्ताहरूले गुणस्तरीय र प्रभावकारी शिक्षालाई प्राथमिकतामा राखी गरिएको निरन्तरको प्रयत्नले आज सगरमाथाप्रति यस्तो गौरव गर्ने लायक आकर्षण देखिएको बताए । उनीहरूले आगामी दिनमा सगरमाथा झन् बढी गौरवका साथ लिने लायक नाम बन्ने विश्वास व्यक्त गरे ।

२०४६ सालमा स्थापित सगरमाथा अहिले स्नातकसम्म कक्षा सञ्चालन गरिरहेको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा यहाँ कक्षा सञ्चालन हुँदै आएको छ भने स्नातकमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीएस पढाई हुँदै आएको छ ।

सगरमाथा निकट भविष्यमै बीबीए, सीटीइभीटीको डी फर्मा, सिभिल ओभरसियरलगायतका कार्यक्रम पनि सञ्चालन गर्दैछ । विद्यालयले विगतको जस्तै आगामी दिनमा पनि समाज र अभिभावकको साथ पाउने अपेक्षा सञ्चालक प्रदीप तिवारीको छ ।

आफ्नो ठाउँ आफैं बनाउनुपर्छ भन्दै उनले यसै ठाउँमा भइरहेको नेक प्रयत्नलाई यहीँका मान्छेले माया गरे मात्रै विकास र समृद्धि हुने तर्क उनले गरे । ‘आफ्नै ठाउँमा राम्रो र गुणस्तरीय शिक्षा दिइँदैछ भने बाहिर किन जाने ?’, उनले भने, ‘आफ्नो ठाउँको विकासका लागि हामी आफैंले तदारुकता देखाउनुपर्छ, प्रयत्न गर्नेलाई साथ दिनुपर्छ ।’

सगरमाथाले स्मार्ट प्यारेन्ट, स्मार्ट चिल्ड्रेन र स्मार्ट टिचरको अवधारणा पनि अगाडी सारेको छ । यसले अभिभावक विद्यालयको मात्रै भर पर्ने प्रवृत्तिको अन्त्य हुने, विद्यार्थीलाई गम्भीर बनाउने, शिक्षकलाई अझ बढी जवाफदेही बनाउने र यसले समग्रमा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी अनि परिणाममुखी बन्ने विश्वास सञ्चालक तिवारीको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

लहानका मेयर चौधरीको सामान्य कार्यकक्ष : जसले दिन्छ मितव्ययिताको संदेश

लहानका मेयर चौधरीको सामान्य कार्यकक्ष : जसले दिन्छ मितव्ययिताको संदेश

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology