क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले सहितको टोलीले छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेका छन् ।
शनिबार छिन्नमस्ता आएका उनले सखडा भगवतीको दर्शन सँगै पालिका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
छलफलको क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण बिकासका निमित्त आफुहरु हरेक क्षण तैयार रहेको प्रतिवद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पालिकाको गौरवको आयोजनाहरु संचालन गर्न उनीहरू सहयोग गर्ने प्रतिवद्ध रहेको अध्यक्ष चौधरीलेे बताए !
टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उप-प्रमुख उतर कुमार खत्री,आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरु रहेको थियो ।