क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका- २ घर भएका गार्ड ५६ वर्षीय पर्शुराम फुयाल बिहिबार बिहान बैंकमा सुतेकै ठाउँमा मृत फेला परेका थिए ।
अबेर गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट गार्डको धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।