क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट बाहिरिएका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको जानएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो । नयाँ दलको नाम जनता समाजवादी पार्टी छ भने उपेन्द्र यादव नेतृत्वको दलको नाम जनता समाजवादी पार्टी नेपाल हो ।