काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँका अग्निपीडित परिवारहरूलाई नेपाल यादव युवा संघ द्वारा राहत बितरण गरिएको छ । गत बिहिबार विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका थिए ।
आगलागी पीडितहरूका आशु पुछ्न हेतु शनिवार संघका अध्यक्ष चन्द्र यादव र युवा नेता शिव यादवको नेतृत्वमा आगलागी पीडितहरूलाई राहत सामाग्री वितरणको कार्यक्रम सम्पन्न गरिएको हो । ६५ घरधुरीको आगलागी पीडितहरूका प्रत्येक परिवारमा साडी, पटिया ,मच्छरदानी ,जाजिम ,गम्छा ,नुहाउने साबुन कपडा धुने सर्फ लगायतका राहत सामाग्रीहरू वितरण गरिएको थियो ।
उक्त राहत बितरण कार्यक्रममा संधीय सासंद अमरेस कुमार सिंह , स्थानीय मेयर लगायत बुद्धिजीबिहरुको तथा नेपाल यादव युवा संघको सक्रिय सदस्य मनोज यादव , जय नारायण यादव , इन्द्रजित यादव आदि उपस्थिति रहेको थियो ।उक्त सामग्रीहरू पीडित व्यक्तिहरूको अनुरोध मै बितरण गरिएको संघ बाट सहयोग गर्न पुगेका अध्यक्ष चन्द्र यादव र युवा नेता शिव यादवले पीडितहरू सँग सल्लाह सुझाब लिएर नै पीडितहरूको आग्रहमै उक्त समानहरू बितरण गरिएको चन्द्र यादवले जानकारी दिए ।
साथै गत हप्ता सिरहाको मिर्चैया नगरपालिका वडा – ०३ सिस्बोनी गाउँमा अचानक आगो लाग्दा ५ जनाको घर जलेर पुरै नष्ट भएको थियो । उनीहरुलाई खाने चामल भए पनि खाना पकाउने भाँडोको अभाव रहेको थाहा पाए पछि नेपाल यादव युवा संघको राहत टोली सर्लाही बाट सिधै सिरहा को मिर्चैया न.पा वडा – ०३ सिस्बोनी पुगे र पिडित परिवार संग भेटेर उनीहरुलाई खाना पकाउने भाडाहरु वितरण गरियो भात पकाउने भाँडो ( हन्डी ) -डोल ,प्लेट ,लोटा ,छोलनी ,करछुल , कठौती इत्यादी सामाग्री हरु वितरण गरे।
साथै नेपाल यादव युवा संघका सदस्यहरु मिर्चैयामा राहत वितरण गरी सप्तरीको महदेवा गाउपालिका वडा नं १ चिम्टी बस्तिमा आगलागी पिडितहरुलाई सहयोगका लागी पुगेर राहत बितरण कार्यक्रमको तयारी भईरहेको युवा नेता शिव यादवले जानकारी दिए।