क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज । सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टीका अग्निपिडित परिवारलाई हेल्प मधेशी नेपाल सप्तरी संस्थाद्वारा साडी बितरण गरेको छ ।
शनिबार हेल्प मधेसी नेपाल सप्तरी संस्थाद्वारा ८० जना अग्निपिडितलाई ८० थान साडी, पेटीकोट र ब्लाउज बितरण गरेको हो ।
हेल्प मधेसी नेपाल सप्तरी संस्थाकी अध्यक्ष रिना झाको अध्यक्षता, अर्चना कुमारी यादबको प्रमुख आतिथ्य र हेल्प मधेसी नेपाल सप्तरीका कार्यबाहक अध्यक्ष राकेश कुमार रामको विशिष्ट अतिथिमा एक कार्यक्रम बीच अग्निपिडित परिबारलाई साडी बितरण गरेको संस्थाकी अध्यक्ष झाले जानकारी दिइन्।
गत मंगलबार दिउँसो आगलगीमा परि चिम्टीका ६५ परिवारले आफ्नो सर्वस्व गुमाएका थिए । सप्तरी लगायत विभिन्न संघ संस्थाले अग्निपिडित परिवरलाई सहयोग गर्दैआए पनि महिलाहरुको समस्याबारे कसैले चासो नदेखाएको हामीले महिकाहरुलाई साडी बितरण गरेको हो ।
‘एउटा महिलाको समस्या महिलाले नै बुझ्ने गर्छन, अग्निपिडित परिवारलाई सबै संघ संस्थाहरुले खाना लगायतका सामग्री बितरण गर्दैआएको छ, हामीले महिलाहरुले भोग्दै आएको दु:खलाई ध्यानमा राखी तिनिहरुलाई साडी बितरण गरेको हौँ ।’ अध्यक्ष झाले भनिन् ।
सोही कार्यक्रममा हेल्प मधेसी नेपाल सप्तरी संंयोजक प्रमोद कुमार शर्मा, जिल्ला सचिव समीर सेख, कोषाध्यक्ष राजिब यादब, उमेश कुमार मण्डल, वुद्धजीवी राम, दिलिप मण्डल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।