क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेशी एकता समाज अन्तरराष्ट्रीय प्रतिनिधि डा.रविन्द्र कुमार यादव र डा. बबी सिंह यादवले चिम्टीका अग्निपीडितलाई दुई छाकको खाना दिँदै छोराको जन्मदिन मनाएका छन् ।
शुक्रबार उनको छोरा आदित्य यादवको जन्मदिनको अवसरमा उनीहरूले अग्निपीडितलाई दुई छाकको खाना दिन सामग्रीहरू सप्तरी युथलाई हस्तान्तरण गरेको छ ।
आफ्नो आमाबुबासहित चिम्टी पुगेका आदित्यले त्यहाँका स्थानीयवासीहरुसँग आशिर्वाद लिइ जन्म दिन मनाएको छ ।
डा.रविन्द्रले छोराको जन्मदिनको अवसरमा पीडितहरुलाई सहयोग गर्दा गर्व महसुस भइरहेको बताए ।
मंगलबार चिम्टीमा भएको भिषण आगलागीमा त्यहाँका ६० बढी परिवारको धनमाल, घर, अन्नपात तथा लत्ताकपडा जलेको छ ।