क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल मुस्लिम समाज सेवा सप्तरीले चिम्टीका ४६ पीडित परिवारलाई खाने भाँडा वर्तन प्रदान गरेका छन् ।
शुक्रबार उनीहरूको टोलीले घटनास्थलमा पुगेर भाँडा वर्तन प्रदान गरेका हुन् ।
पीडितहरुलाई प्रति परिवार एक/एक थान हण्डी, डाडु, बाल्टीन, गलास, जग, चम्चा र दुई थान थाल सहयोग गरेको संस्थाका उपाध्यक्ष अफरोज आलमले जानकारी दिए ।
महादेवा गाउँपालिका-१ चिम्टीमा मंगलबार भिषण आगलागी हुँदा उनीहरूको भाँडा वर्तन लगायत, लुगाकपडा सबै जलेर नष्ट भएको थियो ।