क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल -भारत मैत्री संघद्वारा चिम्टीको अग्निपीडितहरूलाई राहत वितरण गरिएको छ ।
शुक्रबार संघको केन्द्रीय समितिले पीडितहरुलाई राहत वितरण गरेको हो ।
उनीहरूले त्यहाँका ६५ परिवारलाई एक/एक थान साडी, लुंगी, बेड सिट, १० किलो चामल, १० किलो दाल, नुन लगायतका समान वितरण गरेको संघ सप्तरी जिल्ला अध्यक्ष मनोज मुंद्रालेले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा संघका केन्द्रीय कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झा, उदयपुर जिल्ला अध्यक्ष करूणा झा लगायतको उपस्थिति थियो ।
महादेवा गाउँपालिका-१ चिम्टीमा मंगलबार भिषण आगलागी हुँदा त्यहाँका ६५ परिवार घरविहीन बनेका छन् ।