क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने बाचा गरेका छन् ।
अग्निपीडितलाई भेट्न बिहिबार घटनास्थल पुगेका मुख्यमन्त्रीले छिट्टै प्रदेश सरकारले पीडितलाई घर बनाइदिने घोषणा गरेका हुन् ।
उनले भने, ‘प्रदेश सरकार सुखदुःखमा तपाईहरुको साथमा छ, आजकलमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ त्यति घर प्रदेश सरकारले बनाइदिनेछ।’
बिहिबार दिउँसो काठमाडौँबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सिधै घटनास्थल पुगेका थिए । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।
मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ६० बढी परिवार घरविहीन बनेका छन् ।















