क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराजका ॐ पुस्तक भण्डारले सप्तरीको महदेवा गाउँपालिका-१चिम्टीका अग्निपिडीतका निजी विद्यालय तर्फ पढ्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक दिने घोषणा गरेको छ ।
बुधबार ॐ पुस्तक भण्डारका प्रोपराईटर रंजित पाठकले चिम्टीका अग्निपिडित विद्यार्थीले जुनसुकै बोर्डिङ स्कुलको किताबको नामावली लिएर आउँदा तिनीहरुलाई नि:शुल्क किताब दिने घोषणा गरेको हो ।
पाठकले अग्निपिडीत अध्यनरत विद्यार्थीले जुनसुकै कक्षाका किताबको नामावली लिएर आउँदा नि:शुल्क किताब उपलब्ध गराउने बताए ।
विद्यार्थी आफ्नो किताब विवरण लिएर बुझाउँदा हामी संकलन गरि एकमुष्ट सबैको किताब स्वयंम त्यहाँ उपस्थिति भई बितरण गर्ने उनले बताए ।
मंगलबार दिउँसाे २ बजेदेखि सुरु भएको आगलागीमा परी ६० बढी परिवारको २ सयभन्दा बढी घर जलेर नष्ट हुँंदा करोडौं क्षति भएको थियो ।