क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । बलानबिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले पनि एक दिनको तलब रकम चिम्टीका अग्निगीपीडितलाई सहयोग गर्ने भएका छन्।
बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको जानकारी दिए।
त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरु गरी झण्डै २ सय भन्दा बढीजनाले सहयोग गर्ने बताए ।
यसअघि बुधबार छिन्नमस्ताका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब दिने निर्णय गरेका थिए।
मंगलबार दिउँसो त्यहाँ भएको भीषण आगलागीबाट ६२ भन्दा बढी परिवार घरविहीन भएका छन्।















