क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेडेन्ट(मेसु) नागेन्द्र प्रसाद यादवले पाँच बुँदे निर्देशन जारी गरेका छन् ।
उनले एक निर्देशन पत्र जारी गर्दै अस्पतालका चिकित्सकहरू तथा सबै शाखाहरूलाई निर्देशन दिएका हुन् ।
निर्देशन पत्र मार्फत ओपीडिमा बस्ने समय विहान १० बजे देखि ३ बजे सम्म रहेकोले सो समयमा अस्पताल भित्र ओपीडिमा बस्न चिकित्सकहरूलाई निर्देशन दिइएको छ ।त्यस्तै चिकित्सकहरुलाई राउण्डको समय निर्धारण गरी नियमित राउण्ड लिन भनिएको छ ।
प्रयोगशाला(ल्याब) संयुक्त रुपमा सञ्चालन गरी सम्पुर्ण जाँचहरु चौविसे घण्टा गर्नुपर्ने र प्रयोगशाला रिपोर्ट कम्प्युटराइज र समयमा दिनुपर्ने भनिएको छ ।
ड्युटी सिफ्टको सम्बन्धमा समयभन्दा अगाडी नै आइसकेर प्रारम्भिक कामकाज सकाइ समयमा ड्युटी जिम्मा लिनुपर्ने र सबै कर्मचारीहरुले पोशाक र आइडी कार्ड अनिवार्य रुपमा लगाउनुपर्ने निर्देशन पनि जारी गरिएको छ ।