Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कमीसनकै कारण महँगो स्वास्थ्य उपचार

कमीसनकै कारण महँगो स्वास्थ्य उपचार

पुस महिनाको समय थियो , चरम उत्कर्षकमा थियो शितलहर । राजविराजमा एक जना ५५ वर्षीया महिला उपचारको लागि चिकित्सकको निजी क्लिनिकमा पुगिन् । उनलाई रुघाखोकी र ज्वरोले‌‌ च्यापेको थियो । क्लिनिकमा पुग्ने बित्तिकै उनीसँगै रहेका एक जनाले ५ सयको नोट निकालेर  काउन्टरमा दिए । त्यसपछि काउन्टरमा बसेकाले उनलाई नाम, ठेगाना लेखेर डाक्टरको पुर्जा दिए र‌ एक छिन पर्खन् भने । डाक्टर आफ्नो अर्को क्लिनिकबाट आउँदै थिए ।‌

त्यसको क्षण्डै आधा घण्टा पछि डाक्टर त्यहाँ पुगे, समय बिहानको १० बज्न लागेको थियो । तबसम्म त्यहाँ ९ जना पेसेन्ट आइसकेको थियो ।
डाक्टरले कम्पाउन्डरलाई‌  पठाउ भन्दै आफू आफ्नो क्याबिनमा छिरे । कम्पाउन्डर‌ले क्रमशः प्यासेन्टहरूलाई पठाउन थाले । म ती महिलाको पालोको लागि पर्खी रहे । ६ नम्बरमा उनको पालो आयो, उनी भित्र छिरिन र ५ मिनेटमा बाहिर आईन्  । उनी बाहिर निस्किँदा एक युवकले उनको हातबाट पुर्जा लिए । उनी त्यहीँको स्टाफ थिए । पुर्जामा जाँचहरू लेखिएको थियो । युवकले ती महिलालाई परको एक मेडिकल ल्याब हेराउँदै त्यहाँ गएर यी जाँच  गराइ हाल्नु भने । उनले यसमा कति खर्च लाग्छ सोधिन्, युवकले त्यो ल्याबमै बताइदिन्छ जवाफ फर्काए ।
उनी दुवै जना त्यही ल्याब पुगे, उनीसँगै मपनि लागे ।ल्याबमा उनको रगत, पिसाब र दिशा लिइयो, र यसमा २७०० रूपैयाँ खर्च पर्ने सुनाए । महिला आश्चर्यचकित हुँदै भनिन् २७ सय  । उनले हो, दोहोराए  । पैसा तिर्न भने, उनले तत्काल १ हजार जम्मा गरिन्। तबसम्म ११ बज्न लागेको थियो, ल्याबको स्टाफले २ बजेपछि रिपोर्ट लिन आउन भन्यो । महिलाले यति टाइम लाग्छ र ? प्रश्न गरिन्, उताबाट, हो जवाफ आयो र डाक्टर पनि अब अस्पतालबाट २ बजे आउने जनाकारी ‌।
मेडिकल स्रोतको अनुसार त्यो जाँचमा बढीमा एकदेखि डेढ घण्टा लाग्छ । तर डाक्टरको टाईम मेनेजमेन्टको लागि प्यासेन्टलाई विश्ववास दिलाउँदै यसरी भनिन्छ ।
खैर, उनी बाहिर आईन्, र नजिककै नास्ता पसल पुगिन्, म पनि उनकै पछाडि लागे ‌। म उनकै टेबुलमा बसे, मैले एक ग्लास चिया भने, उनीहरू नास्ता गर्न थाले । ‘दुई दिनदेखि ज्वरोले च्यापेको छ, बिहानैदेखि केही खाएको छैन्’ उनले भनिन् ‌। मैले पनि गफ गर्न सुरु गरेँ ‌। गफमा मैले पनि निजी क्लिनिकमा हेराउनु भन्दा सरकारी अस्पतालमा किन हेराउनु भएन् प्रश्न गरे । उनले निराशाजनक अवाजमा त्यहाँ पनि उपचार हुन्छ र ? भन्दै तन्ज कसिन् ।
अस्पताल त्यही नजिकै थियो, म पनि त्यहाँको अवस्था हेर्न पुगे । उ डाक्टर पनि अस्पताल नै आएको थियो ।  र डाक्टर फेरि क्लिनिकमा गए मात्र उनको पनि जाँच रिपोर्ट आउने भनिएको थियो ।
म अस्पतालमा पुग्दा बिरामीको निकै भिड थियो ।डाक्टरदेखि बिल काउन्टर र ल्याबमा बिरामी लाइनमा थिए । अस्पतालमा थुप्रै डाक्टरहरू थिए, म त्यही क्लिनिकको डाक्टर कहाँ गए‌। उनी भर्खरै बसेर दुई वा तीन पेसेन्टलाई हेरेको थिए । म पुग्ने बेला लगभग एक ६५ वर्षीय वृद्ध जाँच गरिरहेको थिए । ती बिरामीसँग उनको श्रीमति थियो । डाक्टरलाई भेटेर उनीहरू बाहिर आए र त्यहाँ एक जनालाई जाँचहरु कहाँ हुन्छ भने सोधे । उनले देखाएको ठाउँमा उनी पुगे । त्यहाँ एक जना कर्मचारी पुर्जा संकलन गरिरहेको थियो। तर त्यतिखेर उनी आफ्नै धुनमा पहिलाका कागजातहरुलाई तलमाथि गरिरहेको थियो । एक छिनमा उनले ती वृद्धको पुर्जा लिए, र सोधे बिल ? उनले ‘यही त हो’ भने, अनि ती कर्मचारीले ‘होइन्, त्यहाँ काउन्टरमा गएर कटाएर ल्याउनुस्’ भने ।
वृद्ध दम्पती बिल कटाउन काउन्टरमा गए । त्यहाँ लाइनमा लागे, क्षण्डै आधा घण्टा लाइनमा लागेपछि उनको पालो आयो । त्यहाँ कर्मचारीले उनलाई १२ सय रुपैयाँ दिनुस् भने, उनले तिरे ।
तबसम्म ११ बजेर ४० मिनेट भइसकेको थियो । उनी बिल लिएर फेरि जाँच हुने ठाउँमा गए र रगत, पिसाब दिए, त्यहाँका स्टाफले उनलाई दुई बजे रिपोर्ट लिन आउन भन्यो । उनी चाँडै हुँदैन् भनेर नरम स्वरमा सोधे, समानेबाट हुँदैन्, त्यति टाइम लाग्छ नै भन्दै जवाफ आयो ।
उनको सुगर टेस्टको लागि एकपल्ट रगत लिइयो तर खाना खाएको दुई घण्टापछिको रगत दिन बाँकी नै थियो । उनलाई खाना खाएको दुई घण्टापछि रगत दिन आउन पनि भन्यो । त्यसपछि उनी बाहिर आए, नजिकै होटलमा गएर खाना खाए । ठ्याक २ बजे उनी त्यहाँ आइपुगे । उनको रगत लिइयो,  यो रिपोर्ट भोलि आउँछ भन्यो र बाँकी रिपोर्ट दिइयो। उनी डाक्टर कहाँ पुगे, तर त्यहाँबाट डाक्टर गइसकेका थिए ।
उनले एक कर्मचारीलाई डाक्टर कतिबेरमा आउनुहुन्छ मलाई रिपोर्ट हेराउनु थियो सोधे ? अब आज होइन् भोलि, अहिले क्लिनिकमा जानु भएको छ भन्दै जवाफ आयो ‌।‌ उनको एक दिनमा उपचार हुन सकेन्, उनी दु:खी भए ।तर मनमा आशा लिएर फलानो डाक्टरको‌ क्लिनिक कहाँ छ भनेर एक जनालाई सोधे । ती व्यक्तिले उनलाई डाक्टरको क्लिनिक सम्म लगदिए ।

उनी त्यहाँ गए, त्यहाँ विरामीको भीड थियो, उनी पर्खी रहे । त्यहाँ काउन्टरबाट उनलाई पुर्जा कटाउन भन्यो । उनले म अस्पतालबाट आएको छुँ, डाक्टर साबलाई रिपोर्ट हेराउनु छ भने । यहाँ हुँदैन् अब भोलि अस्पतालमै देखाउनु होला् जवाफ ‌सुनियो ।
तब सम्म ती महिला पनि रिपोर्ट लिएर भित्र छिरिन् । डाक्टरले औषधि लेख्यो, उनी बाहिर आइन् र त्यहीँ पसलमा औषधि लिइन् ‌। डाक्टरले उनलाई लेखिएकै कम्पनीको औषधि लिनुहोला भनेको थियो । पसलेले पनि औषधि दियो ‌। औषधिको मुल्य १३६०रुपैयाँ भएको थियो । उपचारमा उनको कुल ४५६० रुपैयाँ खर्च भयो । उनी औषधि लिएर त्यहाँबाट निस्के । उनलाई ७ दिनपछि पुनः जाँचको लागि आउन भनिएको थियो ।
म भने त्यहाँ पर्खि रहे किनकी त्यहाँ ती वृद्ध दम्पती प्रतिक्षामा थियो ‌। सबै पेसेन्टहरू  जाँच गराएर निस्किसकेपछि, ती दम्पती डाक्टरको च्याम्बरमा प्रवेश गर्न चाहे तर उनलाई भित्र छिर्नबाट रोकियो । र त्यहाँ रहेका एक जना औषधि कम्पनीको मार्केटिङ प्रतिनिधिलाई भित्र छिराइयो‌ । १५/२० मिनेट गफ पछि उनीहरू दुवै जना बाहिर निस्के । ती दम्पतीले डाक्टरलाई रिपोर्ट हेरिदिन आग्रह गरे। तर डाक्टरले रुखो स्वरमा यहाँ हुँदैन्, अस्पातालको अस्पतालमै हुन्छ,  यहाँ हेराउनु छ भने पैसा तिरेर पुर्जा कटाउनुस् भन्दै अगाडि बढे । ती दम्पती निराश भएर त्यहाँबाट निस्के‌।
त्यसपछि म पनि निस्के, ती दम्पतीसँगको डाक्टरको व्यवहार हेरेर मेरो मन खिन्न भइसकेको थियो । यदि डाक्टरले उनको रिपोर्ट हेरि दिएको भएपनि उनको बढीमा ५देखि ७ मिनेट जाने थियो । उसो पनि ती डाक्टर समयभन्दा पौने घण्टा ढिलो अस्पताल पुगेका थिए, तर निस्किने बेलामा समयमै निस्के ‌।
यही कुरा मेरो मनमा खेलिरहेको थियो, म चिन्तन गर्दै घर तिर लागे । म पैदल थिए। त्यहाँबाट निस्किने बित्तिकै मलाई मेरो एक जना पुरानो साथी भेटायो ।
हामी धेरै दिनपछि भेटेको थियौँ, स्कुलमा पढ्दाको साथीसँग भेटेपछिको मज्जै बेग्लै हुन्छ। हामी चिया खाउँ भनेर नजिकै पसलमा गए । उसले मलाई कहाँ बस्छौ, के गर्छौ सोध्यो । मैले आफ्नो काम‌को बारेमा बताए ‌। मैले पनि त्यही प्रश्न घुमाए । उसले म‌ मेडिकल ल्याबमा काम गर्छु भन्यो । मेरो‌ मनमा‌ प्रश्नहरु खेलिन थाल्यो ‌। र मैले आफ्नो जिज्ञासा शान्त गर्ने यही सहि अवसर रहेको ठाने । अनि मैले तिमीलाई त सबै जाँचको खर्च थाहा होला भनेर सोधे, उसले हो भन्यो । मैले ती जाँचहरुको नाम उसलाई सुनायो, उसले पनि त्यसमा २७०० रुपैयाँ लाग्ने सुनाए ।
मैले कहाँ जाँदै छौ भनेर  सोधे ?  उसले डाक्टर कहाँ भन्यो । किन, के भयो र ? उसले मलाई केही भएन् डाक्टरको हिस्सा दिन गइरहेको भने । मैले  सोधे के हिस्सा ? उसले त्यो जुन २७०० सय रुपैयाँ छ त्यसमा त १३०० सय डाक्टरको हो नि सर भन्दै भन्यो । मैले स्पष्ट बुझिन्,र प्रश्न गरे के हिस्सा। उसले भन्यो,’बजारमा थुप्रै ल्याबहरु छन्, पेसेन्ट तिम्रैमा किन आउँछन्, यसको लागि त हिस्सा दिनुपर्छ, प्रत्येक जाँचमा ५० प्रतिशत डाक्टरको हुन्छ, कुनै कुनै जाँचमा त ६० प्रतिशतसम्म दिनुपर्छ।’
उसले कमिसन दिनु पर्दैन थियो भने यति महँगो जाँच हुन्थ्यो र ? भन्दै उठे । हामी त्यहाँबाट निस्के, मैले हुन्छ फेरि भेटौंला भन्दै हामी  छुटे । त्यसपछि मेरो मनमा औषधिमा पनि कमीसन हुन्छ की, एक्सरेमा के हुन्छ लगायतको प्रश्नहरु खेलिन थाल्यो । म त्यहाँबाट सिधै एक जना दाजुको औषधि पसल पुगे । त्यहाँ दाजुसँग समय लिएर औषधिमा तपाईहरुलाई डाक्टरलाई पनि कमीसन दिनुपर्छ भनेर सोधे ।
उनले हामीलाई होइन् भन्यो र मलाई यस बारे विस्तारमा भन्न थाल्नुभयो । उनले औषधि कम्पनीहरुले नै आफ्नो ब्राण्ड लेख्न डाक्टरलाई जिन्सी उपहार, विदेश भ्रमण, नगद जस्तो सेवासुविधा दिने गरेको बताए । उनले आफुहरूलाई डाक्टरले‌ लेख्ने ब्राण्ड राख्नुपर्ने बताए । उनले जसको कम्पनीले जति कमिसन दिन्छ, त्यसको त्यति नै औषधि बेचिन्छ । त्यसैले त डाक्टरहरुले औषधिको जेनरिक नाम नलेखि सिधै ब्राण्डको नाम लेख्छन् बताए । र कम्पनीले त्यो सबै खर्च औषधिको‌ मुल्यमा थपेर असुल्ने गरेको बताए ।‌ उनले एक्सरे पनि डाक्टरको कमीसन रहने गरेको बताए । दुख व्यक्त गर्दै उनले भने, कमीसनकै कारण स्वास्थ्य उपचार यति महंगो भएको हो । यस अवस्थाले कमीसनको‌ प्रवृत्ति नभएको भए १० हजार लाग्ने उपचार ४ हजारमा‌ हुन्थ्यो ‌।

(लेखक प्रवेशकुमार मिश्र एक संचारकर्मी हो )

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology