क्रान्ति केन्द्र सम्वाददात
राजविराज । अधुरो सुचना दिएको भन्दै दायर गरिएको पुनरावेदनमा राष्ट्रिय सुचना आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकालाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।
प्रवेश कुमार मिश्रले दायर गरेको पुनरावेदन उपर बिहिबार बसेको प्रमुख सुचना आयुक्त महेन्द्र मान गुरुङ, सुचना आयुक्तद्वय कमला प्रसाद ओली र रत्न प्रसाद मैनालीको इजलासले उक्त निर्णय गरेको हो ।
सुचना अधिकारीले अधुरो सुचना दिँदा मिश्रले कार्यालय प्रमुखसमक्ष उजुरी गरेका थिए । तर कार्यालय प्रमुखले पनि तोकेको समयमा कुनै चासो नदेखाएपछी उनले आयोगमा पुनरावेदन गरेका थिए ।