क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । दुर्घटनामा ज्यान गुमाएका एक परिवारलाई सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । वडा नं २ दिघियाको मोतीलाल यादवकी पत्नी लाखो देवी यादवलाई पालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बुधबार पालिका अध्यक्ष खेमचन्द्र यादवले उनलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
२०७८ पुष १ गते लहानमा टिपरले ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो ।६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको थियो ।
प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।