क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।सेभ द चिल्ड्रेन र सेभ द सप्तरी संस्थाको केन्द्रीय टोलोले छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित स्वास्थ्य चौकीको अनुगमन गरेका छन् ।
मंगलबार संस्थाको ९ सदस्यीय टोलीले स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ्ग सेन्टरको अनुगमन गरेको हो ।
अनुगमन पश्चात टोलीले स्वास्थ्य चौकीको कर्मचारीहरूसँग आवश्यक छलफल गरेको थियो । जसमा तथ्यांक समेत प्रदर्शन गरिएको थियो ।
अनुगमनको क्रममा टोलीलाई सबै काम संतोषजनक देखिएको स्वास्थ्य चौकीका प्रमुख आलोक रंजन झाले जानकारी दिए ।