क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा ६० एसइई परिक्षार्थीको परिक्षा रद्द गरिएको छ । परिक्षा मर्यादा विपरित मोबाइलबाट प्रश्न पत्र वाहिर गर्ने ६० विद्यार्थीको परिक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईका प्रमुख विजयकुमार मण्डलले बताए ।
मण्डलका अनुसार जिल्लाको पकरीस्थित परिक्षा केन्द्रवाट ४७ जना,राजविराजको वलर्डभिजन परिक्षा केन्द्रवाट ९ जना,भारदह परिक्षा केन्द्र र राजविराजको केअमाबि परिक्षा केन्द्रवाट दुई/ दुईजना गरि ६० परिक्षर्थीको बिहिवारको परिक्षा रद्द गरिएको हो ।
बिहिवार ऐच्छिक प्रथम विषयको परिक्षा रहेको थियो ।
त्यस्तै मर्यादा कायम गराउन नसकेका पकरी परिक्षा केन्द्रका निरिक्षक र केन्द्राध्यक्षलाई जिम्मेवारीवाट हटाईएको छ ।