क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । रामराजा सिंंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई पनि नयिुक्त गरिएको छ ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले बीपी कोइराला स्वास्थ्य प्रतष्ठिानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
चौधरी सप्तरी निवासी हुन् भने यादवको घर सिरहा जिल्लामा छ ।