क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्र प्रसाद राय अमातको निधन भएको छ । ७० बर्षीय रायको गए राति विराट टिचिंग अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।
उनको निधनप्रति पालिका अधयक्ष अरूण कुमार मंडलले एक शोक विज्ञप्ती जारी गर्दै पालिका तथा मातहतको कार्यालयहरू बन्द रहने जानकारी गराएका छन् ।
‘शोकको यस घडीमा गाउँपालिका तथा मातहतका कार्यालयहरु (अति आवश्यक सेवा बाहेक)बन्द रहने समेत
जानकारी गराउँदछु,’ विज्ञप्तीमा भनिएको छ ।