क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सूचना नदिने सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ।
संचारकर्मी प्रवेश कुमार मिश्रले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत १९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो।
मिश्रले फागुन १३ गते नगरपालिकाका सूचना अधिकारीसँग सुचना माग गरेका थिए । माग गरिएको सूचना उपलब्ध नगराइएपछि सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै मिश्रले गत फागुन २९ गते प्रमुख प्रशासकीय अधिकृतसँग सूचना मागेका थिए।
तर उनले पनि तोकिएको समयमा सुचना नदिएपछि मिश्रले आयोगमा पुनरावेदन दर्ता गराएका थिए ।