Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

खाँडो नदीमा अपारदर्शी ढंगले बोल्डर क्रेटिङको काम गरिँदै 

खाँडो नदीमा अपारदर्शी ढंगले बोल्डर क्रेटिङको काम गरिँदै 

प्रवेश मिश्र

राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१, तिलाठीस्थित खाँडो नदी नियन्त्रणको काम अपारदर्शी ढंगले भइरहेको छ ।

खाँडो नदी व्वस्थापन आयोजना, सप्तरी मार्फत भइरहेको उक्त कामको ठेक्का २ करोड १२ लाख रुपैयाँमा विकास-ओम गणेश जेभी डाक्नेश्वरीले पाएको छ ।२०७७ सालमै उक्त ठेक्का पाएको यस कम्पनीले अपारदर्शी ढंगले काम गर्दै आइरहेको स्थानीयहरू बताउँछन् ।

शनिबार काम भइरहेको स्थलमा पुगेको क्रान्ति केन्द्रको टोलीले त्यहाँ बोल्डर र तारजालीको काम भइरहेको पाइएको थियो । तर त्यहाँ कतैपनि निर्माण कामको होर्डिङ बोर्ड लगाइएको थिएन् ।कामको बारेमा जानकारीको लागि सम्बन्धित मान्छेलाई खोज्दा न त्यहाँ निर्माण कम्पनीको तर्फबाट कोही भेटाएको थियो, नत कार्यालयकै तर्फबाट ।त्यहाँ काम गरिरहेको केही कामदार बाहेक त्यहाँ कोही थिएनन् ।

कामको बिषयमा ती कामदारलाई सोध्दा उनले कम्पनीको नाम बताउन सकेनन् । उनले आलम नामको व्यक्तीले काम गराइरहेको बताए ।साथै उनीहरूले सुरेन्द्र साहले आफूहरूको कामको रेखदेख गरिरहेको र अहिले उनी बाहिर रहेको बताए । उनीहरूबाटै मोबाइल नम्बर लिएर सुरेन्द्रलाई सम्पर्क गर्दा उनले पनि काम गर्ने कम्पनीको नाम आफूलाई थाहा नभएको प्रतिक्रिया दिँदै आलमले काम गरिरहेको बताए ।

आलमलाई सम्पर्क गर्दा उनले आफूले बोल्डर र तारजालीको काम मात्र गरिदिरहेको बताउँदै थप ठेक्का पाएका कम्पनीका संचालक राजिव साहलाई सोध्न भने । ठेकेदार कम्पनीका राजिवले भने आफ्नो काम त्यहाँ चालु नै नरहेको बताए ।’काम अहिले बन्द छ’,उनले भने, ‘भुक्तानी नपाएर अहिले काम बन्द गरेको छुँ ।’

आयोजनाका सुचना अधिकारी ललित नारायण यादवले अहिले त्यहाँ होर्डिङ बोर्ड नरहेको स्विकारे ।’हो अहिले बोर्ड छैन्, पहिला थियो, त्यहाँ स्थानीयहरूले बोर्ड भाँचिदिन्छन्,’ उनले भने, ‘बोर्ड राख्नुपर्ने हो, ठेकेदारलाई भनेर त्यहाँ राख्न लगाउँछौँ ।’

विकास निर्माणका योजना संचालन गर्दा निर्माण स्थलमा सार्वजनिक जानकारी दिन सूचना पार्टी राख्नुपर्ने प्रावधान छ । सुशासन ऐन २०६४ मा ५ लाखभन्दा बढीका आयोजना सञ्चालन गर्दा कहिले सुरु भएर कहिले अन्त्य हुने, लागत, निर्माण व्यवसायी वा उपभोक्ता समितिका विषयमा जानकारी दिन सूचना पाटी (होर्डिङ बोर्ड) राख्ने व्यवस्था गरिएको छ ।जसले त्यस्ता योजनाका विषयमा नागरिकले सामान्य जानकारीबाट समेत बञ्चित रहनुपरेको छ ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology