क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरूको मिटर ब्याजलगायतका ऋणहरू मिनाहा हुने बताएकी छन् ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वडा स्तरबाट विपन्न महिलाहरूको पहिचान गरी उनीहरूको मिटर ब्याजलगायतका ऋणहरू मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताईन् ।
पछाडि परेका महिलाहरूलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ थियो ।
मन्त्री चौधरीले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको पनि बताईन् ।