Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चुहिने झुपडीमा बसेर माफियातन्त्रको जग हल्लाइरहेका एक पत्रकार

चुहिने झुपडीमा बसेर माफियातन्त्रको जग हल्लाइरहेका एक पत्रकार

सिरहाका बासिन्दालाई राम्रोसँग हेक्का छ । जिल्लामा भन्सार, अन्तशुल्क लगायत अन्य राजस्व चुहावटको परिमाण अत्यास लाग्दो छ । सिरहामा करिब २ सयको हाराहारीमा ब्लेकिया (स्थानीय भाषामा भन्सार चोरी निकासी तथा पैठारी गर्नेहरु) छन् ।उनीहरुको सञ्जाल छ । संगठन छ ।

उनीहरुले सीमावर्ती भारतीय बजारका व्यापारी तथा नेपालका व्यापारीहरुसँग नङ्ग-मासुको सम्बन्ध बनाएका छन् । समस्त भारत र नेपालको बीच कायम रहेको रोटी बेटीको सम्बन्ध भन्दा पनि ब्लेकियामार्फत् कायम व्यापारिक सम्बन्ध बलियो र प्रगाढ छ ।

जयनगर, लदनीयाँ र लोकहा ठाडीमा खरिद गरिएको मालसामान ब्लेकियामार्फत् नेपाल भित्रिन्छ ।

आयात हुने कुल मालसामानको ८० प्रतिशत ब्लेकियामार्फत् नेपाल आउँछन् । ब्लेकियामार्फत् आउने सामानहरु साइकल, मोटरसाइकल, जीप, बस र ट्रक नै पनि प्रयाोग भएर आउँछन् । त्यसैगरी नेपालबाट भारततर्फ चोरी निकासी हुने मालसामानको परिमाण पनि कम छैन । खासगरी तेश्रो मुलुकबाट नेपाल आयात गरेर भारततर्फ चोरी (तस्करी) निकासी हुने सुपारी, मरिच, लहसुन र नेपालकै उत्पादन मदिराको मात्रा पनि कम छैन ।

त्यसबाहेक चीनियाँ नाका हुँदै भित्रिने सुन (न्यमि) पनि सिरहाका विभिन्न नाकाबाट भारततर्फ तस्करी भइरहेको छ । राजस्व छली तथा चुहावटको छिद्रहरु धेरै छन् । परत-परत केलाउने हो भने पुस्तक नै लेख्नु पर्छ । तर, यहाँ ठोकुवाका साथ संक्षेपमा के भन्न सकिन्छ भने भन्सार छलेर सीमा वारपार गरिने निकासी तथा पैठारी, अन्तशुल्क स्टिकरको दुरुपयोग तथा तस्करीका अन्य गतिविधिहरु प्रहरी, प्रशासनलगायत सबै सुरक्षा निकायहरु, भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको मिलिभगतमा भइरहेको छ ।

सिरहामा राजस्व चुहावटको परिमाण विपुल छ, विराट छ । यो एउटा संगठित अपराधको स्वरुपमा संस्थागत भएको छ । यो जालो सानोतिनो प्रयासले भत्किनेबाला छैन । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, राष्ट्रिय अनुसनधानका एसपी, भन्सारका प्रमुख, कर कार्यालयका प्रमुखहरु नयाँ व्यक्ति सरुवा भएर आउनु पर्छ, सिरहामा । स्वागत गर्नेहरुको त लर्को नै लाग्छ ।

सिरहाको सीमाना बलान वा कमला नदीको पुलदेखि नै पुष्पगुच्छा टक्रयाउनेहरु पंक्तिबद्ध र करबद्ध भएर बसेका हुन्छन् । स्वागत गर्नेहरुको अग्रपंक्तिमा ब्लेकिया, तस्कर र ग्राभेल तथा क्रसर व्यवसायीहरू हुन्छन् । नयाँ अधिकारी आएपछि पहिलो र दोश्रो साता ब्लेकिया तथा तस्करहरुको सेटिङ्ग मिल्न मिलाउन समय लाग्छ । त्यसपछि धन्दा सुरु हुन्छ । जिल्लाको प्रहरी र प्रशासनमाथि जहिले पनि तस्कर, ब्लेकिया र क्रसर व्यवसायी हावी देखिन्छन् ।

तस्करी बाहेकका सवालहरुमा पनि तस्कर, ब्लेकिया तथा क्रसर व्यवसायीहरुको सिरफारिस चल्छ । कार्यालयमा हाजिर हुनासाथ आयोजना हुने परिचय तथा भेटघाट कार्यक्रममा भिड लाग्छ । झन् यी सरकारी अधिकारीहरु सरुवा भएर जानेबेलामा बिदाई समारोहमा हेनुपर्छ, झन् ठूलो जमघट हुन्छ । स्वागत तथा बिदाई समारोहका त्यस्ता जमघटका तस्बिरहरु हामीसँग प्रसस्त छन्, जसमा देखिन्छ ८० प्रतिशत ब्लेकिया, तस्कर, क्रसर व्यवसायी र नाजायज व्यापार गर्नेहरुको उपस्थिति ।

सुन र हीराका औंठी तथा सिक्री उपहार चढाइन्छ । उपहारमा चढाईका फर्निचर, कपडा, फर्निसिङ्ग लगायतका मालसामानहरु ट्रकमा हालेर सरुवा भएका अधिकारीहरुको घरमा पुर्याइन्छ । सिरहाको एक नगरपालिकाका प्रमुखले यसै साता मसँग भएको भेटमा भनेका थिए, ‘स्थानीय प्रहरी, प्रशासन तथा सुरक्षा अंगहरुलाई मासिक एक करोड बुझाउँछन् ब्लेकिया तथा तस्करहरुले ।’ उहाँको अन्तरवार्ता दावानलमा चाँडै प्रकाशित हुँदैछ । ।

तस्करहरुले बडेबडे गोदाम सीमा क्षेत्रमा राखेका छन् । तस्करीको माल गोदाम भरेर राख्छन् । समय र तुक मिलाएर आरपार गर्छन्, गराउँछन् । प्रत्येक गोदामबारे सुरक्षा निकाय जानिफकार छ । तर, आँखा चिम्लेर बसेका छन् । ब्लेकिया, तस्कर, क्रसर व्यवसायी तथा राजस्व चुहावटमा संलग्न समूहहरुको सञ्जाल बलियो छ ।

उनीहरुले राजनीतिक दलका नेताहरुलाई पनि चन्दा दिन्छन् र आफ्नो पक्षमा मिलाउँछन् । राजनीतिक दलका नेताहरुले पनि स्थानीय प्रशासन, प्रहरी र समग्र सुरक्षा निकायलाई भन्सार चोरी निकासी तथा पैठारीका लागि राजी गराउँछन् । जसलाई स्थानीय भाषामा ‘लाइन’ दिने भनिन्छ । यदाकदा कुनै एक जना सुरक्षा अधिकारीले इमान्दारिता देखाएर लाइन दिन आनाकानी गरे भने उनको छिट्टै सरुवा हुन्छ । सेटिङ्ग मल्यो भने मालामाल हुन्छन् । तर, राज्यको ढिकुटी भने रित्तै हुन्छ ।

पछिल्लो एक वर्षदेखि भने सिरहाका सुरक्षा निकायका अधिकारीहरुलाई दशा लागेको देखिन्छ । उनीहरुले ग्रह दशा स्वस्ति शान्ति गराउनु पर्ने देखिन्छ । भन्सार तथा राजस्व उठती रकम ज्यादै न्यून भएको र सञ्चारमाध्यमहरुमा चोरी निकासी पैठारीको समाचार बाक्लै सम्प्रेषित भएको कारण राजस्व अनुसन्धानले पटकपटक छापा मारेर भन्सार छलेर ल्याएको माल सामानको ट्रक नै समात्यो ।

जसको कारण सिडिओ, एसपी र सशस्त्रका एसपी करिअरमा दाग लाग्ने गरी सिरहाबाट तानिए । पछिल्लो पटक नयाँ आएका सुरक्षा अधिकारीहरुको घाँटीमा माछाको काँडा बनेर अड्किए कान्तिपुरका पत्रकार विनय आजाद । उनले शारदा डिस्टिलरीबाट हुने मदिराको तस्करी निर्यात र अन्तशुल्क स्टिकरको दुरुपयोगलाई नाङ्गो पारिदिए ।

पत्रकार आजादको साहासिक तथा खोजमुलक टेलिभिजन रिपोर्टिङ्गले सुरक्षा निकाय तथा राजस्व अधिकारीहरुको लाज छोप्ने लगौटी पनि खुस्काई दियो । पत्रकार आजाद भाइ अब सिरहामा सुन तस्करीको पनि विस्फोटक खुलासा गर्ने गरी साहासिक रिपोर्टिङ्गको अर्को कोशे ढुंगा स्थापित गर्नुहोस् । हाम्रो साथ सहयोग रहने छ । तर, व्यक्तिगत सुरक्षाका लागि सावधानी अपनाउन चुक्नु हुँदैन । खतराबाट जोगिनु पर्छ । तर, चुनौतिको सामना गर्नुपर्छ । म पनि गोलबजारमा यस्तै नियति भोग्दैछु ।

सिरहाका सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल तथा मातहतका बेस क्याम्प तथा बोर्डर आउट पोष्टहरु, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रहरी कार्यालय, कर कार्यालय र भन्सार कार्यालय यति धेरै बदनाम भइसके कि अब बाह्र हाते मजेत्रोले पनि लाज छोपिदैन । दुई चार पोका कपडा वा अन्य वस्तु समातेर भन्सार बुझाउने र प्रेस विज्ञप्तीसहित सार्वजनिक गर्ने कुरा आँखामा छारो हाल्ने काम हो ।

यति भूमिकाले स्थानीय प्रहरी तथा प्रशासनको तस्करहरुसँगको लसफस तथा निर्वस्त्र चरित्र ढाकिदैन । स्थानीय सुरक्षा निकायले यदाकदा तस्करीको सामान पक्राउ गरिहाल्यो भने पनि त्यो एउटा कलाविहीन नाटक मञ्चन गरिए जस्तै हो । लोकलाजबाट बच्न, प्रहरीले आफ्नो काम गर्दैछ भन्ने दर्शाउन र प्रहरीलाई पनि कमिशन नदिई छलेर ल्याउने ब्लेकियाहरु मात्र पक्राउ पर्छन् । चोरी निकासी पैठारी रोक्न जुन नगन्य र अपर्याप्त छ ।

सिरहामा तस्करीलाई संस्थागत गर्ने सुरक्षा तथा राजस्व अधिकारीहरुलाई सरुवा गरेर मात्र पनि पुग्दैन । सिरहाको तस्करीको संगठित जालो तोड्न सर्वप्रथमतः उच्च स्तरीय छानविन आयोग गठन गरिनुपर्छ । अहिलेको मदिरा तस्करी काण्डको पनि निष्पक्ष छानविन हुनुपर्छ । आयोगले सत्य तथ्य छानविन गरी सरकारी अधिकारीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । अनि मात्र सुरक्षा अधिकारी, राजस्व तथा भन्सार अधिकारी र तस्करहरु बीचको अन्योन्याश्रय सम्बन्ध तोडिन्छ ।

पत्रकार आजाद भाइको बारेमा म धेरै प्रसंशा गर्दिनँ । उनी अगेनामा फुलेको फूल देखिन्छन् । उनलाई तातो हावाले ओइल्याउन सक्दैन । माथिको झुपडीको तस्वीर पत्रकार आजाद भाइ बस्ने घर हो । यो घरले भन्छ, यदि उनले नियत खराब गरेको भए योभन्दा गतिलो घर बनाउन सक्थे । निष्ठा र इमानको यो पथ कहिल्यै नछुटोस् । भाइ मानिस घरमा बस्छन्, घर चाहिँ मानिसको दिलमा बस्नुहुँदैन ।

(यो ब्लग दावानल टडकममा त्यसका कार्यकारी सम्पादक एवं वरिष्ठ पत्रकार अर्जुन थपलियाले लेखेका छन् ।)

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology