क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा एकजनाले आफ्नै बुबालाई बन्चरोले हानेर हत्या गरेको छ ।घटना हो सप्तकोशी नगरपालिका-३ सखबनी नयाँ बस्तीको ।सोही ठाउँका ४५ बर्षीय हिराई सदालाई उनको २२ बर्षीय छोरा लालदेब सदाले बन्चरोले हानेर हत्या गरेको छ प्रहरीको अनुसार घरायसी विवाद हुँदा लालदेवले आफ्नो बुबाको घाँटीमा बन्चरो प्रहार गरेको थियो ।जसले हिराईको घटनास्थलमै मृत्यु भएको थियो ।
लालदेबको बन्चरो प्रहारले उनको छिमेकी ६५ बर्षीय दशन सदा समेत घाइते भएको छ ।टाउको र हातमा चोट लागेको उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दशनको अवस्था समान्य रहेको र लालदेवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले बताए ।