क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका-३ सखडा महुवास्थित नहरबाट १ क्विन्टल बढी गाँजा बरामद गरेको छ ।
तस्करले नेपालबाट भारततर्फ तीनवटा बोरा टाउकोमा बोकेर लैजाँदै गरेको थियो । प्रहरीका अनुसार उक्त अवस्थामा ईलाका प्रहरी कार्यालय सखडाको गस्ती टोलीलाई हेर्नसाथ बोरा फालेर मानिस फरार भएको थियो ।
फालिएको बोरालाई चेकजाँच गर्दा त्यसमा रहेको १ सय २० केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तर तस्करलाई समात्न प्रहरी असफल रहेको जनाइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।