क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासो तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क स्थापना गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यलयहरूलाई पत्रचार गरेको जनाएको छ ।
मन्त्रालयले डेस्कमा खटिने कर्मचारीहरुको विवरण नामथर, पद, इमेल, सम्पर्क नं. मोबाइल नं., तथा अन्य सम्पर्कका माध्यमहरु कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न समेत भनेको छ ।
गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जि.एम.लाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको जनाएको छ ।