क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१तिलाठीमा पुस्तकालय स्थापनाको लागि स्थानीय युवाहरुले पहल थालेका छन् । उनीहरूले समाजिक संजालमार्फत एक अभियान चलाउँदै आर्थिक सहयोग जुटाउन सुरु गरेका छन् ।
पुस्तकालयको सदस्यता शुल्क वापत राशी संकलन गरि पुस्तकलाय स्थपना गर्न लागेका हुन् ।
अहिले संस्थापक सदस्यताको लागि ५ हजार एक सय र आजिवन सदस्यताको लागि १ हजार एक सय रुपैयाँ सदस्यता शुल्क निर्धारण गरेका छन् ।
सदस्यता नामावली औपचारिक रुपमा प्रकाशित गर्ने प्रतिवद्धता उनीहरूले जनाएका छन् ।
आर्थिक सहयोगको लागि पुस्तकालय स्थापनाको अगुवाई गरिरहेका स्थानीय युवा बिटु कुमार मिश्र(Bitu Kumar Mishra)को बैंक अकाउंट नम्बर ‘0520100001051041 (Citizen Bank, Narayanhiti Path Branch, Ktm)’ सार्वजनिक गरेका छन् ।
पुस्तकालय सुरुवात गर्न सुरुमा कुर्सी, टेबल, सिसिटिभी लगायतका समान जुटाउन २ लाख रुपैयाँ आवश्यक रहेको मिश्रको भनाई छ।
‘अनलाईन अध्यापन तथा बर्षमा कम्तीमा दुईवटा किताब प्रकाशन पुस्तकालय स्थापनाको मुख्य लक्ष्य रहेको छ,’ मिश्रले भने, ‘यस प्रयासमा सहयोग गर्नुहोस्, थप जानकारीको लागी ९८१४७५८३७६मा सम्पर्क गर्न अनुरोध छ।’