क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन्।
‘सरकारको स्पष्ट धारणा दोषी कोही पनि छुट्नुहुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भनेर हामीले भनिरहेका छौं ‘ उनले भनिन्, ‘त्यहाँ को व्यक्ति कसको व्यक्ति भन्ने कुरा रहेन । दोषी ठहर भएपछि जो भए पनि कारबाहीको दायरामा आउँछन् ।’