क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं ।राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् । गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।
आयोगका अनुसार डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, र डा. अनिता शाह ढुंगानाले राजीनामा दिएका छन् । अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए ।