क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । उदयपुरको बेलका नगरपालिका– ७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जीप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु केही घाइते भएको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाए ।
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलबाटै ६ जनाको शव भेटिएको बताए । स्थानीय अनुसार ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
दुर्घटना मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले ६ जनाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार दुर्घटनास्थल भोजपुरबाट नजिक पर्ने भएकाले भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरीहरु उद्धारमा परिचालन गरिएको छ ।