क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टी, नेपालका डाक्नेश्वरी नगरपालिका उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो बारेमा मिडियामा आएको समाचार गलत तथा भ्रामक रहेको बताएका छन् ।
मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो बारेमा तस्कर रहेको भन्दै आएको समाचार आधारहिन रहेको दाबी गरेका छन् ।
उनले आफुमाथि लागेको तस्करीको आरोप गलत रहेको बताएका छन् ।
‘मेरो राजनैतिक तथा समाजिक जीवन सम्पात पार्ने गरि बिना आधार प्रमाण मलाई तस्करको नाम दिइ मेरो तस्बिर प्रकाशित गरेको ब्यक्तिलाई प्रमाण देखाउन चुनौती दिन चाहन्छु’, उनले भने, ‘मेरो न कुनै तस्करसँग सम्बन्ध छ, नत मैले सप्तरीका पत्रकार तथा पुलिस प्रशासनलाई कुनै पैसा दिएको छुँ ।’
उनले आफ्नो अन्य कुनै पेशामा नभएको भन्दै शुद्ध राजनीतिकर्मी रहेको दाबी गरे ।