क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन्
समाजिक संजालमा पोस्ट गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारवाही गर्न कसैको आदेश कुर्न नपर्ने बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘ ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।’