क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।
पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपाका एक नेताले बताए ।
जसपा नेताका अनुसार जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर साह मध्ये एकजना जाने सम्भावना छ । जसपामा राज्यमन्त्री लिएर सुशीला श्रेष्ठलाई पठाउनेबारे पनि छलफल भइरहेको नेताहरु बताउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन ।