क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको मंगलबार बसेको बैठकले चारवटा निर्णय गरेको छ । महासंघले पहिलो निर्णयमा प्रेस मंच सप्तरीले बुझाएको ज्ञापनपत्रलाई सम्बोधन गर्दै नयाँ सदस्यताका लागि परीक्षा विधि कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ।
जसमा परीक्षा मिति २०८० चैत २६ गतेलाई तोकेको छ ।निवेदन दिएकाहरुलाई सम्पर्क गर्न फागुन २९ गते अपरान्ह १२:३० देखि ४ बजेसम्मको समय तोकिएको छ ।
त्यस्तै दोस्रो महासंघमा प्राप्त भएको सदस्यता शुद्धीकरण विषयको ज्ञापन सम्बन्धमा वार्ता सम्वाद मार्फत सम्बोधनको प्रयास गर्ने निर्णय गरिएको छ ।
तेस्रो कानुन विपरीत गलत क्रियाकलापमा संलग्न रहेका सदस्यहरुमाथि विधान बमोजिम कारबाही गरिने निर्णय समेत बैठले गरिएको महासंघ सप्तरी शाखाले जनाएको छ ।
चौथौ निर्णय पितथैलीको शल्यक्रिया गरेका शाखा उपाध्यक्ष वैधनाथ यादवको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने गरिएको छ ।