क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन्। धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन्।
उनी बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख थिए। कार्यालय परिसरमा रहेको क्वार्टरमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।
बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।