क्रान्ति केन्द्र सम्वाददाता
प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने राष्ट्रपतिलाई जानकारी गराएका छन् । सत्ता गठबन्धननको बैठकबाट शितल निवास पुगेका प्रचण्डले एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाको डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका हुन् ।
यता जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए ।
नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । ५ बजेपछि शपथकाको तयारी भएको छ ।