क्रान्ति केन्द्र सम्वददाता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सभापति रवि लामिछाने सरकारमा जाने तयारी रहेपनि अहिले उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् ।
आजै उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले बताए ।
नयाँ सत्ता समीकरणमा रहेका दलहरु बिच रास्वपालाई गृहमन्त्रालय दिने सहमति जुट्न नसकेपछि लामिछाने मन्त्री नबन्ने भएको हो ।
रास्वपा स्रोतले भन्यो ‘गृहमन्त्रालय दिए सभापति लामिछाने मन्त्री बन्ने तय भएको थियो, सहमति जुटेन्, त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी हुनेछन् ।’