क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । लिखित सहमतिको लागि नयाँ सत्ता गठबन्धनको बैठक साढे २ बजे बस्न लागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । त्यसका लागि दिउँसो फेरि बस्ने बैठकमा लिखित सहमति गर्ने तयारी छ ।अहिले एमाले, माओवादी, रास्वपा र जसपासहित सबै आन्तरिक छलफलमा जुटेका छन् ।अहिलेलाई चारै दलले एक/एक मन्त्री पठाउने सहमति जुटेको छ ।















