क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । सत्ता गठबन्धनको नयाँ समिकरण भएसँगै रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।
स्रोतका अनुसार अब बन्ने नयाँ मन्त्रीमण्डलमा रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पाउने प्रबल सम्भावना छ ।
गए राति भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्रीले त्यसमा सहमती जनाएको स्रोतले जनाएको छ ।
डिलिभरि दिनसक्ने मन्त्रालय चाहिएकोले गृह माग गरेको रास्वपाको तर्क छ ।
रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।