क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौँ ।दूध किसानलाई भुक्तानी दिनका लागि दुग्ध उद्योगीलाई सहुलियत ऋणका लागि सरकारले सहजीकरण गर्ने भएको छ । यसको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ । सो मार्फत विक्री हुन नसकेको दुग्धजन्य पदार्थको मौज्दात विवरण सङ्कलन गर्ने र आन्तरिक ऋण निकासीका लागि पहल गर्ने जनाएको छ ।
कृषि मन्त्रालयले सहुलियत ऋण अनुदानमा डिडिसीलाई ३०करोड रुपैयाँको लागि अर्थमन्त्रालयसँग पहल गरिसकेको जनाइएको छ ।
पछिल्लो समय दुग्ध उत्पादक किसानहरूले बाँकी रहेको भुक्तानीको लागि आन्दोलन गरिरहेका छन् ।