क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकामा अनुसन्धान सुरु गरेको छ । आयोगको इटहरीस्थितको एक टोलीले आइतबार गाउँपालिकाबाट फाइलहरु लगेको छ ।
श्रोतको अनुसार गाउँपालिकाबाट औषधि खरिद गरिएको फाइल लगिएको छ । ‘औषधि खरिदमा अनियमिमता भएको छ भनि आयोगमा उजुरी छ’ श्रोतले भन्यो, ‘छानविनको क्रममा स्थलगत पुगेर सो सम्बन्धी फाइल संकलन गरेको हो ।’
यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादवले आयोगको टोलीले केही फाइल लगेको बताए । उनले कोरोना बेलाकै केही फाइलहरु फोटोकपी गरेर लगेको बताए ।