क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको खडक नगरपालिका-६ कल्याणपुरका ९ जना भुमिहिन सुकुम्बासीहरुले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । शनिबार खडक नगरपालिकाले कल्याणपुरमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
लालपुर्जा पाउनेमा देव कुमार माझी, विनु कुमार थिङ, जिवछी कुमारी चौधरी, कविता कुमारी चौधरी र जुवेदा खातुन रहेकी छिन् ।
त्यस्तै मखबुल मियाँ, शलमा खातुन, भुलुक खातुन र राम साहु हलुबाईले पनि लालपुर्जा पाएका छन् ।
सोही कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशसभा सदस्य माला कुमारी कर्णको संसदीय विकास कोषबाट निर्मित खडक बहुमुखी क्यामपसको ६ कोठे भवनको पनि उद्घाटन गरे ।