क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ४ बेल्हीको कार्यालयले माघ २२ गते सुचना जारी गर्दै १५ दिनभित्र ऐलानी जग्गा खाली गर्ने भनेको छ । त्यसपछि ऐलानी जग्गामा रहेका पसलेहरु आफै जग्गा खाली गर्न लागेका छन् ।
सो वडाका वडाध्यक्ष लक्षमी नारायण झाले जनसमुदायले सुचना कार्यन्वयनमा वडावासीले अत्यन्तै सहयोग गरिरहेको बताएका छन् ।
उनले बाजार व्यवस्थापन र गाड़ी पार्किंगको लागि ऐलानी जग्गा खाली गराउन लागिएको बताए ।
वडाध्यक्ष झाले भने, ‘हाम्रो वडा भारतको बॉर्डर नजिक रहेकोले हामी बाजारीकरणलाई प्राथमिकतामा राखेको हौं र यसबाट रोजगारको पनि सर्जना हुने बिश्वास लिएको छुँ।’