क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको महादेवा गाउँपालिकाका दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
बिहिबार एक कार्यक्रम बिच बिभिन्न पार्टी त्याग गरेर नेताकार्यकर्ताहरु जसपामा प्रवेश गरेको छ ।
महदेवा गाउँ पालिका वडा नम्वर ५ का पुर्व वडा अध्यक्ष रमेश मण्डल, मुरारी शुक्ला लगायतका व्यक्तिहरु पार्टी परित्याग जसपामा प्रवेश गरेको हो ।
मधेश प्रदेशका पुर्वमन्त्री तथा जसपाको राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले उनीहरुलाई पार्टीमा स्वागत गरे ।