क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।भारतले नेपाललाई दिन आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । भारतको वित्तमन्त्री निर्मला सीतारमणले बिहिबार बजेट सार्वजनिक गरेकी छिन् ।
नेपालका लागि वित्त वर्ष २०२३/२४ मा भारतले ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो ।
भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२/२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।