क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीमा फागुन २ गते शुरु हुने सरस्वती पुजाको तयारी सुरु भएको छ ।
सोमबार बसेको ग्रामीण बैठकले अजित कुमार मिश्रको अध्यक्षतामा पुजाको लागि १८ सदस्यीय समिति गठन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा बाबूनारायण मिश्र, उपाध्यक्षमा आशुतोष झा, सचिवमा बिपलेश झा, सह-सचिवमा प्रवेश कुमार मिश्र र राजकुमार यादब, कोषाध्यक्षमा चन्दन झा, सह-कोषाध्यक्षमा राजन मिश्रलाई चयन गरिएको छ ।
त्यस्तै, सदस्यहरुमा अम्बोध कुमार झा, सत्यम झा, विपिन कुमार यादब, सरोज झा, रुपक झा, गौतम कुमार मिश्र, उदायकान्त झा, रंजित झा, हरिन्नदन साह, पवन यादब रहेको पुजा समितिको कोषाध्यक्ष चन्दन झाले जानकारी दिए ।
यसवर्ष अन्य वर्ष भन्दा पनि भव्य रुपले पुजा तथा मेला गर्ने योजना रहेको समितिका अध्यक्ष मिश्रले बताए ।
तिलाठीमा सरस्वती पुजाको एक सय वर्ष भन्दा बढीको इतिहास रहेको छ । तिलाठीमा मात्रै सरस्वतीको प्रतिमा बनाएर चार, पाँचदेखि, छ दिनसम्म पनि पुजा तथा मेला हुने गरेको स्थानीय बताउँछन् ।
पुजाको अवसरमा तीन दिवसीय अन्तरराष्ट्रीय कुस्ती प्रतियोगीता तथा स्थानीय कलाकारद्वारा रात्री कालीन पौराणिक, सामजिक, धार्मिक नाटक मंचन मुख्य आकर्षणको केन्द्र रहेको छ । यसवर्ष पनि उक्त कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु गरिने प्रतिबद्धता समितिले जनाएको छ।