क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित २ जना पक्राउ परेका छन् ।
तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।