क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पूर्व मन्त्री उमेश कुमार यादवले ‘सप्तरी स्वाभिमान यात्रा’ शुरु गरेका छन् ।
मंगलबारदेखि उनलेे जिल्लाकाे बलान बिहुल गाउँपालिकाबाट याे यात्रा शुरू गरेका हुन् ।
पूर्व मन्त्री यादवले अभियानका क्रममा हरेक टोल र वस्ती पुगेर समस्याबारे छलफल गरिने जनाएका छन्।
अभियान सुरु गर्नु अघि उनले राजविराजस्थित मधेशका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह तथा शहिद साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरेका थिए ।
उनले समग्र सप्तरीको विकास तथा उत्थानको लागि यात्रा आवश्यक भएकाले याे यात्रा शुरू गरिएको बताए ।
पुर्वमन्त्री यादवले भने,’अभियानका क्रममा पालिकामा कम्तीमा एक हप्तासम्म बसेर त्यहाँका स्थानीयसँग समस्याहरुको पहिचान गर्छु, स्थानीय स्तरमा देखिएका समस्याहरुको बिषयमा गाउँका स्थानीयबासी तथा स्थानीय सरकारका प्रमुख लगायतहरुसँग अन्तरक्रिया गर्छु ।’
पहिलो चरणमा जिल्लाको १८ वटै पालिकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने उनको भनाई छ ।