क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकबाट जनमतले सरकार छाड्ने निर्णय गरेको पार्टीका अध्यक्ष सीके राउतले बताए । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय भएको बताए ।
उनले पार्टी केन्द्रिय सरकारबाट बाहिरिने बिषयमा विचार भइरहेको बताए ।